केन्द्रीय संस्करण

काठमाडौँको ग्यारेजमा राखेको ८ वटा माइक्रोबस जल्यो

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो ।

घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले बताए । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.