केन्द्रीय संस्करण

१२ भाषाको गीतमार्फत उपाध्यायको गिनिज रेकर्ड

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

काठमाडौं – गीतकार तथा सहित्यकार डा. डीआर उपाध्यायले गीत-संगीतबाटै फेरि अर्काे विश्व रेकर्ड कायम गरेका छन् । यसअगाडि विभिन्न १४ बिश्व रेकर्ड कायम गरेका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा रहेको ‘मायाको सागरमा पौडिन सिकायौ’ बोलको गीत बिभिन्न १२ भाषामा तयार उनले अहिले ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड कायम गरेका हुन् । उनले नेपाली, हिन्दी, चाइनिज, जापानिज , अंगे्रजी, रेसियन, कोरियन, फ्रेन्च , स्पेन, इटालियन, जर्मन, थाई जस्ता भाषामा गीत तयार गरेका छन् । 

शनिबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार उपध्यायलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड प्रमाणपत्र प्रदान गरे ।

सामाजिक दुरी कायम गर्दै केही मिडियाको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले गीतसंगीत मार्फत उपाध्यायले धेरै विश्व रकेर्ड कायम गर्न सफल भएकोमा खुसी ब्यक्त गरे ।

‘गीतकार उपाध्यायले नेपालीको गौरव बढाएका छन’ मन्त्री यादवले भने ‘आगामी दिनमा अझ धेरै रेकर्ड प्राप्त होस् । उहाँको माध्यमबाट नेपालको नाम बिश्वको कुनाकुनासम्म पनि पुगोस् । मेरो यहि छ शुभकामना ।’

उक्त अवसरमा गीतकार उपाध्यायले समाजका लागि केही नौलो काम गर्न खोज्दा रेकर्ड कायम भएको बताए । ‘म समाजकै लागि, आत्मसन्तुष्टिका लागि गीत लेख्छु रेकर्ड, पुरस्कार र अवार्डका लागि होइन’ उनले भने ‘काम गर्दै जाँदा रेकर्ड, पुरस्कार, अवार्ड प्राप्त हुँदो रहेछ ।’ रेकर्ड अझ नविनतम काम गर्न हौसला मिलेको उनले सुनाए ।

गीतमा सन्तोष श्रेष्ठको संगीत, सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार उपाध्यायकै स्वर रहेको छ । 

उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’लगायत १९ एल्वम मार्फत सयौं गीत बाहिर आएका छन् । 

गीतका अलवा साहित्यका बिभिन्न बिधामा समेत कलम चलाउदै आएका उपध्यायका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’ लगायत दश उपन्यास प्रकाशित छन् । 

प्रेम, रोमान्स, ट्रयाजेटी देखि स्वास्थ्य तथा योगसम्मका गीत लेख्दै आएका उपाध्यायले ‘वल्र्ड बुक्स अफ अमेरिका’, अष्ट्रेलिया, लण्डन, ‘मिराकल वल्र्ड रेकर्ड’, ‘इण्डिया स्टार वल्र्ड रेकर्ड’, ‘एक्सक्लुसिभ वल्र्ड रेकर्ड’, ‘जीनस वल्र्ड रेकर्ड’ र ‘एभरेष्ट वल्र्ड रेकड’ प्राप्त गरिसकेका छन् । उपध्याय गीतकार संघ नेपालको नवौं वार्षिकोत्सवमा ‘वर्ष गीतकार पुरस्कार’बाट समेत सम्मानित भएका थिए ।   
   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.