शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ र तनहूँमा ३ जना संक्रमित थपिए, गण्डकीमा कुल संक्रमित संख्या १०९१ पुग्यो

आइतबार, २१ असार २०७७, ०८ : ४५
आइतबार, २१ असार २०७७

पोखरा – बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ ।

स्वास्थ्य  निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ । यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप