बाढी, पहिरो र डुबान : काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा
आइतबार, २१ असार २०७७, ०७ : १९
काठमाडौं – बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ ।
गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो ।
काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ ।
यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर