कम हुँदै कोरोना त्रास

बुटवल – कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना आतङ्क कम हुँदै गएको छ । सङ्क्रमित निको भएर फर्किनेको सङ्ख्या पनि निरन्तर बढेकाले आतङ्क कम हुँदै गएको हो ।
बाँके, कपिलवस्तु, गुल्मीलगायत उच्च जोखिमका जिल्लामा निको भएर फर्किने बढेका छन् तर पश्चिम नवलपरासीमा सङ्क्रमण थपिएको छ ।
घर फर्किए
तम्घास समाचारदाताका अनुसार गुल्मीमा ३४१ जना सङ्क्रमितमध्ये १८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्थानीय तहले निर्माण गरेका विभिन्न आइसोलेसनमा बस्दै आएका उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । गुल्मी जिल्लाका विभिन्न आइसोलेसनमा राखेर १५५ जनाको उपचार भइरहेको छ भने ९४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।
स्वाब सङ्कलन
नेपालगञ्ज समाचारदाताका अनुसार बाँके जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमित घट्दै गएपछि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको परीक्षण सुरु गरिएको छ ।
कोभिड–१९ रोकथामका लागि पत्रकारको भूमिकाका बारेमा शनिबार नेपालगञ्जमा स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा २२ जना पत्रकारको स्वाब सङ्कलन गरिएको छ । नेपालगञ्जका विभिन्न स्थानबाट आकस्मिक स्वाब सङ्कलन पनि सुरु गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगञ्जको टाँगा स्टेसन क्षेत्रबाट शुक्रबार ९८ जनाको स्वाब सङ्कलन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत