बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई ४ लाख दिने नितिशकुमारको घोषणा

शनिबार, २० असार २०७७, २२ : ४८
शनिबार, २० असार २०७७

एजेन्सी । भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका हुन् ।

गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङ लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिशकुमारले शनिबार सो घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।   बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो । 

बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप