शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोद्वारा अमेरिकासँगको सीमा कडा गर्न माग

शनिबार, २० असार २०७७, २२ : ३६
शनिबार, २० असार २०७७

एजेन्सी । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रलाई कडा पार्ने र त्यसका लागि पर्खाल नै लगाउने भनेर अमेरिकाले प्रस्ताव गर्ने गरेको थियो । 

तर अहिले भने मेक्सिकन अधिकारीहरुले अमेरिकासँग जोडिएको आफ्नो देशको सीमा क्षेत्रलाई कडा पार्न माग गरेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएका छन् । त्यसैले आफ्नो देशलाई यसबाट सुरक्षित राख्नका लागि मेक्सिकोले पनि सीमा क्षेत्रमा कडाई गर्न माग गरेको हो । 

अमेरिकाको टेक्सास राज्यमा कोभिड १९ को संक्रमण निकै बढिरहेको छ र यसका कारण मेक्सिकोको उत्तरी क्षेत्रमा असर पर्ने देखिएको मेक्सिको अधिकारीले जनाएका छन् । मेक्सिकोको तमाउलीपास राज्यका गभर्नरले अमेरिकासँगको सीमा क्षेत्रलाई बढी कडाई गर्न माग गरेका हुन् ।  

उक्त राज्यका गभर्नर जेभियर ग्रेसिया क्याभेजाले मेक्सिकोको सरकारलाई टेक्सास सँगको सिमानामा कडाई गर्ने नीति बनाउन आग्रह गरेका हुन् । गभर्नर क्याभेजालाई पनि कोरोना भाइरसको पोजेटिभ भएको छ । उनीसहित टेक्सासको सीमाक्षेत्रमा पर्ने अर्को एक राज्यका गभर्नरलाई पनि पोजेटिभ भएको छ । 
 
अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संक्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप