शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ढल र मङ्गाल सफा गर्ने  प्रविधि भित्रियो

शनिबार, २० असार २०७७, १८ : ३२
शनिबार, २० असार २०७७

ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ । महानगरपालिका–३ ले पानीको ढल र मङ्गल सफा गर्न उक्त प्रविधि भित्र्याएको हो । 

वडाले वार्षिक रुपमा पाउने रु दुई करोडको बजेटमध्ये चालू आर्थिक वर्षको रु ७७ लाख तिरेर सो प्रविधि खरिद गरेको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए । 

उनले भने, “यो प्रविधिले २० फिटमुनिसम्मको फोहर झिक्ने काम गर्छ । यस प्रविधिभित्र एक हजार ५०० लिटरको पानी ट्याङ्की पनि हुन्छ ।” 

सो वडा पाटनढोकादेखि कीर्तिपुरसम्म जोडिन पुग्ने भएकाले जनताको सुविधाका लागि सानो रकममा सहयोग प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको महर्जनले बताए । 

सो प्रविधिले तीन किसिमको काम गर्छ । एउटा पानी सफा गर्ने, ढलभित्र भएका बोरा, पुराना कपडा तथा प्लाष्टिक तान्ने र अर्को भने प्रविधिको सहायताले सफा पानी प्रयोग गरी मङ्गाल भित्रको फोहर तान्ने काम पनि गर्छ । एभिडा कामधेनु नामक कम्पनीको प्रविधि नेपालमा पहिलोपटक भित्र्याएको महर्जनले दाबी गरे। 

सो प्रविधिलाई इन्धनको प्रयोग गरी सञ्चालन गराउनुपर्छ । “वडाभित्र प्रविधिलाई प्रयोग ल्याउनुपूर्व यसमा एक चालक, दुईजना सहयोगी र प्रविधिले हरेक पटक झिकेको फोहर व्यवस्थापन गर्ने स्थानको सुनिश्चितता हुनुपर्ने छ”, महर्जनले भने, “महानगरपालिकाको अन्य २८ वडामा यस प्रविधिलाई प्रयोग गराउनुपूर्व  हामीले समितिसँग बसी छलफल गरेर त्यसै अनुरुपको सेवा र सुविधा दिने लिने निर्णय गराउनेछौँ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप