प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बालुवाटार बोलावट
शनिबार, २० असार २०७७, १८ : ०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।
गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् ।
विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगीत भएको सन्दभएमा ओली शीतल निवास जानुलाई महत्वका साथ हेरिएको हो ।
आजै ओलीले मन्त्रीहरुलाई बालुवाटार समेत बताएको बताएपनि छलफलको विषय खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत