कर्णाली प्रदेशसभाको बैठक शुरु
सुर्खेत । केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन । आजको बैठकमा प्रतिपक्षी दल काँग्रेसका सभासदहरु भने उपस्थित भएनन् । काँग्रेस सभासद दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताए ।
असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।
आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गरे । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी