बझाङ पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ ।
यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताएका छन् । त्यस्तै अहिले फेरि राममति जेठाराकी १५ वर्षीया छारी शान्ति जेठारा र स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता अझै बेपत्ता छन् ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ । पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको छ । दुर्घटनामा ३ सैनिक जावन घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल