मध्यरातमा वडाध्यक्ष शर्मा कार्यालयमै परस्त्रीसँग भेटिएपछि...
सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । असार १७ गते त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग मध्यरातमा भेटिएपछि कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।
श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले सोही दिन पनि घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।
महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाइदिएपछि प्रहरीले रातको एक बजे महिलासहित वडाध्यक्षलाई इलाका प्रहरी कार्यालय लुहाम पु¥याएको थियो । वडाध्यक्षले वडा कार्यालयमा तोडफोड भएको भन्दै खबर गरेपछि प्रहरी आएको थियो ।
को हुन् वडाध्यक्ष ?
त्रिवेणी गाउँपालका–४ का वडाध्यक्ष छविलाल शर्मा लुहाममा बस्छन् । श्रीमती र दुई छोरासँग लुहाममा बस्दै आएका वडाध्यक्षका बा–आमा भने फलाबाङमा बस्छन् ।
लामो समयदेखि लुहाम बजारमा खाद्यन्न, किराना, गल्लाको व्यापार गर्दै आएका शर्मालाई नेपाली काँग्रेस सल्यानले स्थानीय तहको निर्वाचनमा टिकट दिएपछि वडाध्यक्षमा बाजी मारेका थिए ।
असार १७ गते घटना हुनको दिन राती उनी फलाबाङमा रहेका बा–आमालाई भेट्ने भन्दै केरा लिएर हिँडेको पारिवारिक स्रोतले बताएको छ ।
स्थानीय आन्दोलित
सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै यौनजन्य क्रियाकलाप मच्चाउँदा कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै आन्दोलनमा उत्रिनुपरेको ४ नम्बर वडा सदस्य सीता बस्नेतले जानकारी दिइन् ।
स्थानीयले ४ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा सयौंको संख्यामा स्थानीय पुगेर दबाब समेत दिएका छन् ।
अध्यक्षको राजीनामा र कारबाही नहुँदासम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने स्थानीयले बताएका छन् ।
गाउँपालिका अध्यक्षद्धारा घटनाको बचाउ
त्रिवेणी गाउँपालिका अध्यक्ष मानबाहादुर डाँगीले जनताका जनप्रतिनिधी राती १२ बजे पनि कसैको घर जान पाउने भन्दै घटनाको बचाउन गरेका छन् ।
‘जनताका जनप्रतिनिधि दुःख बिमारी पर्दा राती १२ बजे पनि कसैको घरमा जान पाउँछन् । गाउँपालिका अध्यक्ष डाँगीले भने– ‘वडाध्यक्ष कसैको घरमा त गएका छैनन् । वडा कार्यालयममा कुनै मान्छे सहयोग माग्न आउँदा अरुलाई किन आपत्ति ?’
घटनाको पिडित मान्छे अहिलेसम्म आफूले नभेटाएको भन्दै नेकपाले नै यसलाई मुद्दा गराएको आरोप अध्यक्ष डाँगीले लगाए । अध्यक्ष डाँगी विभिन्न व्यक्तिले लेखेको स्टाटसमा पनि झुरिएका छन् ।
के भन्छ प्रहरी ?
यता जिल्ला प्रहरी कार्यालय सल्यानले वडध्यक्षका विरुद्ध मुद्दा दर्ता भएकाले अनुसन्धान सुरु गरेको जनाएको छ । ‘वडाध्यक्ष छविलाल शर्माकाविरुद्ध वडा कार्यालयमै यौनजन्य कृयाकलाप गरेको भन्दै असार १८ गते दिउँसो ४ बजे मुद्दा दर्ता भएको छ,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले भने– ‘यो मुद्दा सिडियोसाबले हेर्ने भएकाले अनुसन्धान भइरहेको छ ।’
घटनाको अनुसन्धानका लागि फलाबाङमा रहेको वडा कार्यालयमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धानका लागि वडाध्यक्षलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान