जंगलमा २ युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी
शनिबार, २० असार २०७७, १५ : ३१
कैलाली । कैलाली जिल्लामा शुक्रबार जंगलको एकै स्थानमा मृत फेला परेका दुई युवतीको मृत्युको कारण अझै खुल्न सकेको छैन । शुक्रबार १२ बजेको समयमा धनगढी उपमहानगरपालिका ७ स्थित मिलन सामुदायिक बनेको बेली भन्ने जंगलमा दुई युवतीको शव भेटिएको थियो ।
चुरे गाउँपालिका घर भै धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको त्यस जिल्लाका प्रहरी प्रमुख अनुपमशम्शेर जबराले जानकारी दिए ।
‘जंगलमा बिषादी फेला परेको र मुखबाट वोमिट आएको समेत देखिएको छैन’ जबराले भने, ‘कारण अझै खुल्न सकेको छैन ।’ घटनाको अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु आपसमा मिल्ने साथी रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?