रुपन्देहीको तिलोत्तमामा खुल्ला व्यायामशाला
![रुपन्देहीको तिलोत्तमामा खुल्ला व्यायामशाला](https://rpcdn.ratopati.com/media/albums/two_odg4PBJVQQ.jpg)
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायामशाला निर्माण हुने भएको छ ।
बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो ।
केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायाशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
दीपनगरमा निर्माण हुने व्यायामशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देश डा.बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गरे ।
उनी शारीरिक व्यायमको लागि चाहिने एक सेट उपकरणको मूल्य दश लाख रहेको जनाइएको छ ।
विभागबाट प्राप्त सामाग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायामशाला सञ्चालनमा ल्याइने नगर प्रमुख घिमिरेले बताए ।
शनिबार ती सामाग्रीको व्यायमशाला बन्ने स्थानमा प्रदर्शन समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा अन्य स्थानमा समेत खुल्ला व्यायमशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
प्रमुख बासुदेव घिमिरेले स्वस्थ नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायामशालाको अवधारण अगाडि बढाएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका पाँच विश्वविद्यालयबिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता
-
कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास
-
समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : अध्यक्ष प्रचण्ड
-
रवि लामिछानेबारे चार जिल्ला अदालतको समान निष्कर्ष
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्