शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नहरमा हामफालेका युवकको शव फेला

शनिबार, २० असार २०७७, १३ : ५६
शनिबार, २० असार २०७७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ । 

हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी  १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप