
बझाङमा पहिरोले बस्ती नै बगायो, ७ जना पुरिएको आशंका
प्रहरी भन्छ, ‘तीनजनाको शव फेला परेको छ’

बझाङ । अबिरल बर्षाका कारण बझाङ्गमा १७ घर बगाएको छ । गएराती बर्षासँगै आएको पहिरोका कारण १७ घर बगाएसँगै पहिरोमा पुरिएका ३ जनाको शव फेला परेको छ ।
बझाङ्गको केदारस्युँ गाउँपालिका–८ मा रहेको बस्ती पहिरोले नै बगाएको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा एसएसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए ।
गएराती १ बजेतिर गएको पहिरोले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि स्थानीयको भागाभाग समेत भएको एसएसपी सिंहले बताए ।
बन्दीगाउँ खोला र जुलिगाउँ खोलामा पानी बढ्न गई खोला किनारमा रहेको गण्डकी बजारमा क्षति पुर्याएको खबर प्रहरीलाई स्थानीय उज्जल जेठाराले जानकारी गराएका थिए ।
जेठारका अनुसार पहिरोमा ७ जना बेपत्ता भएपनि तीनजनाको शव फेला परेको छ । पहिरोमा चार जना हराइरहेको जेठारको भनाइ छ । हराएका चारजनाको खोजी भइरहेको जेठारले बताए ।
बर्षाका कारण बाटो भत्किएकाले प्रहरी घटनास्थल पुग्न सकेको छैन् । इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र उक्त स्थान जाने बाटो अफ्ठ्यारो रहेको एसएसपी सिंहले बताए ।
उक्त स्थान पुग्न झोताबाट ३,४ घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ