बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बझाङमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता

शनिबार, २० असार २०७७, ११ : ५५
शनिबार, २० असार २०७७

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानीय कलक बोहराले जानकारी दिए । 

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेलाको परेको उनको भनाइ छ ।  

गएराती १ बजेतिर गएको पहिरोले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि स्थानीयको भागाभाग समेत भएको सूदूरपश्चिप प्रदेह प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । 

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । 

पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले बताए । 

उनले स्थानीयले ३ जनाको शव समेत फेला पारिसकेको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । 

खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । उक्त स्थान पुग्न झोताबाट ३,४ घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ । 

अन्य क्षतिको विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप