के साँच्चै सलह खान हुन्छ त ?

काठमाडौं – कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।
विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।
के साँच्चै सलह खान हुन्छ त ?
पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् । खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् ।
सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उनी त्यो कुराले महत्त्व नराख्ने उल्लेख गर्छन् । उनले कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ भन्नुभयो । वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गरे ।
उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ ।
अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुने÷नहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताए । किसान र उद्यमीलाई त्यही सुझाएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण