बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुग्यो

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्क अनुसार ६७ जना नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भएको हो । यसैगरी नेपाली दूतावास लन्डनको पछिल्लो तथ्याँकअनुसार पनि बेलायतमा हालसम्म ६७ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेहरुमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।
गैरआवासीय नेपाली संघ यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले दिएको जानकारीअनुसार बेलायतमा २ हजार ३६ जना नेपालीहरुमा कोरोना संक्रमणको पुष्टि भएको र १ सय ५१ जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमध्ये ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले बेलायतका अस्पतालमा कोरोना संक्रमित कुनै पनि नेपालीहरु नरहेको एनआरएन यूकेद्वारा प्रस्तुत तथ्याँकमा उल्लेख छ । क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका १ हजार ४ सय १२ जना मुक्त भैसकेका र हाल कुनै पनि नेपालीहरु क्वारेन्टाइन तथा आइसोलेसनमा नरहेको पनि तथ्याङ्कमा उल्लेख छ ।
बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४४ हजारभन्दा बढीको ज्यान गैसकेको छ । विश्वभर कोरानाकै कारण ५ लाख २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म