खुमलटारमा प्रचण्डको ब्रिफिङ : ओलीले पार्टी विभाजन गर्छु भन्नुभयो !
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान राखेका छन् ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा ओलीले यस्तो अडान दोहोर्याएका हुन् ।
ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले विविध कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए ।
बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका थिए ।
प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘प्रचण्डले ओलीजीलाई दुवै पदबाट राजीनामा दिनुस्, पार्टीलाई मार्गदर्शन गर्नुस् भन्नुभयो । तर केपी ओलीले म दुवै पदबाट कुनैपनि हालतमा राजीनामा दिन्न बरु म आफै पार्टी विभाजन गर्छु भन्नुभयो ।’
यसअघि बिहीबारको स्थायी समिति बैठकले पार्टीभित्रको विवाद साम्य पार्न बैठक नै रोकेर दुई नेताबीच सहमति खोज्न समय दिइएको थियो ।
नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले बिहीबार स्थायी समिति बैठक र नेताहरुलाई छल्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । बिहीबार भएको दुई नेताबीचको कुराकानीमा पनि ओलीले दुवै पद नछाड्ने आवश्यक परे अरु विषयमा भने छलफल गर्ने बताएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि २ जनाले बोलेर स्थगित गरिएको थियो ।
स्थायी समिति बैठक शनिबार पनि बैठक बस्दैछ । त्यसअघि पुन ओली र प्रचण्डबीच सहमतिको प्रयास गरिने प्रचण्डनिकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
