शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (उडान तालिका सहित)

शुक्रबार, १९ असार २०७७, २० : ०२
शुक्रबार, १९ असार २०७७

काठमाडौं– चीनको थेयनचिनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा त्यसतर्फ जाने भएको छ । कोभिड–१९ का कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८मा काठमाडौंबाट जहाज उड्ने भएको हो । र, उक्त जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ । सोही दिन चीनको ८ः५०मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । 

यस्तो छ एयरलाइन्सको उडान तालिका 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप