केन्द्रीय संस्करण

अवैध मल बोकेको ट्याक्टरसहित ५ जना पक्राउ

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ । 

भारतबाट ना६त १९०५ नम्बरको ट्याक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

पक्राउ परेको ट्याक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । आवश्यक कारवाहीका लागि ट्याक्टर, अवैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.