'सरकारले चन्द्रागिरी हिल्स सञ्चालन गर्न भनेसँगै हामी तयारी अवस्थामा छौँ '
१९ असार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसका कारण बन्द रहेको चन्द्रागिरि हिल्स सञ्चालन गर्न तयार रहेको सञ्चालकहरुले बताएका छन् । नेपालकै आर्कषक पर्यटकीय क्षेत्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका हुन् ।
चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र कोरोना भाईरसका त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको बताए ।
उनले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए ।
चन्द्रागिरी हिल्सकाका महाप्रर्वन्धक अभिषेक विक्रम शाहाले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी,विश्व स्वास्थ्य संगठनको मापढण्डअरुसार खोल्नेलाई सवै कार्य तयारी भईसेको बताए ।
महाप्रर्वधक शाहाले भने, 'हामी पुन रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दे ‘सरकारले खोल भनेसँगै हामी तयारी अवस्थामा छौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा