‘नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना छैन’
काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित भएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराए ।
उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए ।
भारतको इटहवा भैरहवा नाका देखि ५ सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको बताए । उनले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताए ।
उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पष्ट पारे ।
तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चारपाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए । उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए ।
कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने आसार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए ।
असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पा सम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए । नेपाल भित्रिएको ५ दिनमा अर्घाखाची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछाम सम्म पुगेको बताए । उनले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युठानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए ।
बैठकमा सांसदहरुले यस अघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरीपनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै