केन्द्रीय संस्करण

पश्चिमी विरासतको स्फटिक (पहिलो भाग)

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

पृष्ठभूमि
म पहिलो पटक अमेरिका भ्रमणमा जाँदै थिएँ । पासपोर्टमा भिसाको लाहाछाप ठोकिएको ३ वर्षसम्म मलाई त्यता जाने मौका मिलेन । निकै योजना मिलाएर लागेँ अमेरिका । आफ्ना सहपाठी तथा आफन्तहरूको सहयोगले मेरो यात्रा सहज बनेको थियो ।

म दुनियाँ बुझ्ने दृष्टिकोणमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्छु । यसका लागि पृथ्वी तथा ब्रह्माण्डीय ज्ञान, विकास, संसारका मुख्य देशहरूको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको लेखाजोखा जरुरी हुन्छ । मानव विकासका चरण, राजनीतिक विचार र सिद्धान्त तथा यसको व्याख्या, विश्लेषण एवं विश्व दृष्टिकोण धेरथोर मेरो मस्तिष्कमा थिए । यसो हुँदा भ्रमण त्यति उत्पात बयान गरिनसक्नु भने रहेन, जति मानिसहरू अमेरिका घुमेपछि व्यक्त गर्छन् ।

यसको अर्थ भ्रमणले दिने अन्तर्य ज्ञान तथा वास्तविक अनुभूतिको अर्थ नरहने होइन । भ्रमणले मेरो ज्ञान अझै परिष्कृत भएको महसुस भयो । यहाँ म अमेरिकी सामाजिक र आर्थिक व्यवस्था तथा यसको विश्लेषणमा केन्द्रित हुन खोजिरहेको छु ।

यात्राका क्रममा मेरा मित्रहरू ई. खेम न्यौपाने तथा सीए टीकाप्रसाद आचार्यले पनि आग्रहभन्दा बढी समालोचनात्मक हिसाबले कुरा गर्न धैर्यताका साथ समय दिनुभयो । जुन विषयलाई मैले सपाट रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।

इतिहासको पातो
कुनै देशको वस्तुगत र यथार्थपरक विश्लेषण गर्न इतिहास अध्ययनको जरुरी हुन्छ । ऐतिहासिक विकासको तथ्यबिना विश्लेषण गर्नु वा धारणा बनाउनु रुखको पात हेरेर त्यसको कथा लेख्नु सरह हो । मैले यहाँ अमेरिकाको झन्डै ५ शताब्दी पुरानो इतिहास कोट््याउने प्रयास गरेको छु ।

१.     एउटा युग
सन् १४९२ मा क्रिस्टोफर कोलम्बस अमेरिका जानुपूर्व पूर्व–कोलम्बिस युग थियो । त्यस समयमा अमेरिकी मूलबासी अहिलेको संयुक्त राज्य अमेरिका नियन्त्रित भूमिमा बसोबास गर्थे । विभिन्न संस्कृति अँलागेका उनीहरू मुख्यतः सिकार खेल्ने, माछा मार्ने, मकै उत्पादन गर्ने, घरहरू बनाउने जस्ता पेसामा संलग्न थिए ।
सन् १५८५ मा बेलायतीहरू रोआनोके टापुमा बसोवास गर्ने प्रयास गरे पनि प्रयास सफल हुन सकेन । सन् १६०७ मा बेलायती बसोवासका लागि जेमस्टाउन, भर्जिनियामा पहिलो स्थायी व्यवस्था गरियो । सुरु वर्षमा भर्जिनियामा धेरै मानिस रोग र भोकले मरे । यद्यपि सुर्ती उत्पादन गरी मनग्य पैसा कमाउन सकेकाले उनीहरूको भर्जिनियाको उपनिवेश लामो समयसम्म चल्यो ।

सन् १६२१ देखि १७३३ सम्म त्यहाँ १३ वटा उपनिवेश निर्माण भइसकेका थिए । न्युयोर्क, फिलाडेल्फिया, बोस्टन र चाल्स्र्टन त्यसबेलाका ठूला सहर र मुख्य पोर्ट थिए । सन् १७५३ देखि १७६३ सम्म बेलायत र फ्रान्सले अमेरिकामा रहेको आफ्नो भूमिमा ७ वर्ष युद्ध लडे जुन अङ्ग्रेजहरूले जितेका थिए ।

युद्धपछि उपनिवेशीहरुले स्वतन्त्र अङ्ग्रेजको रूपमा अधिकार नपाएको महसुस गरे । उनीहरू अङ्ग्रेजी सरकारबाट निष्पक्ष व्यवहारको अपेक्षा राख्थे । अङ्ग्रेजहरूले युद्धका लागि उपनिवेशीलाई कर तिर्न लगाएकाले यस्तो अवस्था सिर्जित भएको थियो । ब्रिटिस सेनाले बोस्टनलाई कब्जा गरेपछि १३ उपनिवेशहरूका नेताले कन्टिनेन्टल काँग्रेस नामको समूह गठन गरे । बेन्जामिन फ्रान्कलिन, जोन एडम्स, थोमस जेफरसन, जोन ह्यान्कक, रोजर सर्मन र जोन जे जस्ता धेरै चर्चित व्यक्तिहरू कन्टिनेन्टल काँग्रेसका सदस्य थिए ।

सन् १७७६, जुलाई ४ मा १३ उपनिवेशका नेताले अमेरिकालाई स्वतन्त्र घोषणा गर्न सहमति जनाए । साथै तिनले आफूहरू कहिल्यै अङ्ग्रेजहरूको अधीनमा नभएको र सधैँ स्वतन्त्र रहेको तर्क प्रस्तुत गरे । सन् १७७५ मा लेक्सिङटन र कन्कर्डमा क्रान्तिकारी युद्ध सुरु भयो । यद्यपि जर्ज वासिङटनको नेतृत्वका अमेरिकी सैनिकहरूले अङ्ग्रेजविरुद्ध धेरै युद्धमा पराजय भोग्नुप¥यो ।
तर उनीहरूले सन् १७७७ मा साराटोगामा ठूलो विजय हासिल गरे । फ्रान्स र स्पेनले समेत अमेरिकीलाई युद्धमा सघाए । सन् १७८१ मा अमेरिकाको योर्कटाउनमा भएको विजयले फ्रान्सेलीहरूको पहलमा अङ्ग्रेजले लडाइँ रोकी उपनिवेश छोड्ने निर्णय गरे । यसरी अमेरिकाले स्वतन्त्रताको युद्धमा विजय हासिल ग¥यो ।

सन् १७८७ मा संविधान लेखियो । वासिङ्टन, जेम्स मैडिसन, अलेक्जेन्डर ह्यामिल्टन र गोभर्नर मोरिस जस्ता संविधान लेख्न सहयोग गर्ने धेरै मानिस त्यस समयमा अमेरिकाका प्रमुख चिन्तकहरू थिए । संविधानले एक बलियो राष्ट्रिय सरकारको गठन ग¥यो । तर संविधानले केन्द्रलाई बढी शक्ति दिएका कारण धेरै राज्यले संविधानप्रति आपत्ति जनाए । राज्य कानुन साथसाथै संविधानको १४औँ, १५औँ, १९औँ, २४औँ र २६औँ संशोधन भयो । यसबाट कम्तीमा १८ वर्ष उमेरका सबै अमेरिकीले मतदान गर्न पाउने भए । जबकि सुरुमा सम्पत्तिको स्वामित्व भएका गोराले मात्र मतदान गर्न पाउने व्यवस्था थियो ।

२.     औद्योगीकरण
सन् १७८९ मा वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भए । उनको कार्यकालमा सन् १७९५ मा काँग्रेसले जय सन्धि पारित ग¥यो । जसले ब्रिटेनसँग तालमा अवस्थित आफ्ना किल्लाहरू त्यागेको बदलामा व्यापार बढाउन अनुमति दियो । यद्यपि ग्रेट ब्रिटेनले अझै पनि संयुक्त राज्यलाई हानि वा चोट पु¥याउने काम गरिरह्यो ।

दोस्रा राष्ट्रपति जोन एडम्सले सेना र नौसेना ठूलो बनाए । सन् १८०० मा जेफरसन राष्ट्रपति भएपछि उनले फ्रान्सबाट लुइसियाना खरिद गरे । जसले संयुक्त राज्यलाई दुई गुणा ठूलो बनायो । जेफरसनले बेलायत र फ्रान्सबीच भइरहेको युद्धमा हस्तक्षेप नगर्न दुवै राष्ट्रसँग आफ्नो व्यापार रोक्न खोजे । सन् १८१२ मा जेम्स म्याडिसन राष्ट्रपति हुँदा संयुक्त राज्य र बेलायतबीच युद्ध भयो ।

उक्त समयमा काँग्रेसले अमेरिकी प्रणालीको अवधारणा ल्यायो । यसकारण ठूला सहरहरू र अधिक कलकारखानाहरू निर्माण गरियो । सन् १८४० देखि १८६० सम्म हजारौँ किलोमिटर रेलमार्ग, नहर, टेलिग्राफ लाइनहरू निर्माण भए । १९औँ शताब्दीको सुरुमा अमेरिकामा औद्योगिक क्रान्ति आयो । सो समयमा धेरै कारखानाहरू निर्माण गरिए र त्यहाँ अधिकांश कामदारहरु महिलाहरू थिए । केही बच्चाहरू वा आयरल्यान्ड वा जर्मनीका मानिसहरू थिए । यो औद्योगीकरणका बाबजुत अमेरिका अझै पनि किसानहरूको देश थियो ।

सन् १८४८ मा धेरै महिलाहरू भेला भएर मतदानसहित महिला अधिकार, दासत्व अन्त्यका लागि लड्न सहमत भए । सन् १८२८ मा एन्ड्र्यु ज्याक्सन डेमोक्र्याटिक पार्टीबाट निर्वाचित हुने पहिलो राष्ट्रपति बने । उनका धेरै समर्थकहरू गरिब वर्गका भएका कारण उनले धेरै समर्थकलाई सरकारी जागिर दिए ।

सन् १८४० को दशकमा धेरै नयाँ राज्यहरू पहिलो तेह्रमा थपिए जुन प्रायः मध्ययुद्ध र दक्षिणमा गृहयुद्ध हुनुभन्दा अगाडि र पश्चिममा गृहयुद्ध पछि भएको थियो । यस अवधिमा मूलबासी अमेरिकीले आफ्ना धेरै जग्गा गुमाए ।
मेक्सिको छोडेपछि एउटा छुट्टै राष्ट्रको रूपमा रहेको टेक्सास सन् १८४५ मा संयुक्त राज्यमा सामेल भयो । अमेरिकनहरूले मेक्सिकोको वेस्ट कोस्टमा रहेको भूमि प्राप्त गर्न खोजेका थिए । मेक्सिकोलाई यो मन परेन । यसको फलस्वरूप अमेरिका र मेक्सिकोबीच युद्ध भयो । जसलाई मेक्सिको–अमेरिकी युद्ध भनिन्छ । युद्धका क्रममा अमेरिकाले सानफ्रान्सिस्को, लसएन्जलस, मोन्टेर्रे, भेराक्रुज र मेक्सिको सिटी कब्जा गर्याे । यसैको परिणाम अमेरिकाले क्यालिफोर्निया र धेरैजसो अमेरिकी दक्षिण पश्चिममा भूभाग प्राप्त ग¥यो ।

३.     गृहयुद्ध
त्यसताका अमेरिकामा दासत्व प्रमुख समस्याको रूपमा थियो । सन् १८६१ सम्म ३० लाखभन्दा बढी अफ्रिकी–अमेरिकीहरू दक्षिणी भेगमा दास थिए । उनीहरूले कामको बदलामा पारिश्रमिक पाउँदैनथे । अरूका लागि काम गर्थे तर स्वतन्त्रता थिएन । दासत्वविरुद्ध विद्रोह नभएको होइन तर प्रयास असफल भयो ।
दक्षिण तथा उत्तरका मानिसले दासत्वका कारण कन्सासमा एक अर्काको हत्या गर्न थाले । यसलाई ‘ब्लडिङ कन्सास’ भनिन्थ्यो । ब्लिडिङ कन्सासका एक व्यक्ति जोन ब्राउनले दासत्व गलत हो भन्ने कुरा औल्याए । आफ्ना मालिकसित लड्न तयार भएका दासहरूको खोजी गर्न सन् १८५९ मा भर्जिनियाको एउटा सहर कब्जा गरे । सन् १८६० को चुनावमा डेमोक्र्याटिक पार्टी विभाजित भयो र रिपब्लिकन उम्मेदवार अब्राहम लिङ्कन राष्ट्रपति चुनिए ।
यसपछि धेरै दक्षिणी राज्यहरूले युनियन छोडे । अन्ततः बाँकी ११ राज्यले अमेरिकाको कन्फेडेरेट स्टेट्स वा ‘कन्फेडेरेसी’ भन्ने छुट्टै नयाँ देश बनाउने प्रयास गरे । युनियन (उत्तर) र कन्फेडेरेसी (दक्षिण) बीच युद्ध सुरु भयो ।

युद्धको प्रारम्भमा कन्फेडेरेट जनरलहरूले युनियन जनरलसँगको लडाइँ जिते । सन् १८६२ र १८६३ मा युनियन सेनाले धेरै पटक कन्फेडेरेटको राजधानी रिचमन्ड, भर्जिनिया लिने प्रयास ग¥यो तर प्रत्येक पटक असफल भयो । युद्धकै बीचमा लिङ्कनले दासत्व अन्त्य भएको घोषणा गरे । जसले महासङ्घका सबै दासहरूलाई स्वतन्त्र तुल्यायो ।

४.     पुनर्निर्माणको युग
अप्रिल १८६५ मा लिङ्कनको हत्यापछि चयन भएका नयाँ राष्ट्रपति एन्ड्र्यु जोनसनले पुनर्निर्माणको प्रक्रियामा बढी जोड गरे । यस समयमा संविधानको १३औँ, १४औँ र १५औँ संशोधनले दासहरूलाई स्वतन्त्र बनायो । उनीहरूलाई नागरिकको हैसियत प्रदान गरी मतदान गर्ने अधिकार दियो । काँग्रेस ‘रेडिकल रिपब्लिकन’ जोनसनलाई हटाई दक्षिणको असहमतिमै १४औँ र १५औँ संशोधन पारित गर्न लगाइयो । त्यसैले दक्षिणले ‘जिम क्रो’ कानुन बनाए । जसले कालाहरूलाई कम भूमिकामा राख्यो । गोरा दक्षिणीहरूले कालामाथि आक्रमण गरी मतदान गर्नबाट रोके ।

गृहयुद्धपछि मानिसहरू पश्चिममा सर्न थाले । जहाँ नयाँ राज्यहरू स्थापना भएका थिए । सन् १८६२ को होमस्टिड ऐन भन्ने कानुनका कारण मानिसहरूले पश्चिमी मुलुकमा निःशुल्क भूमि पाउन सक्ने भए । पश्चिमका अधिकांश जमिनहरू सरकार, रेलमार्ग वा ठूला किसानहरूको स्वामित्वमा थिए । सन् १८६९ मा समाप्त ट्रान्सकन्टिनेन्टल रेलमार्गले पश्चिम र बाँकी देशका लागि मानिस र सामानहरू लिन मद्दत पुग्यो ।

धेरै रेल लाइनहरू जोडिएका कारण सिकागो सहर पश्चिम र पूर्वको व्यापारिक केन्द्र बन्यो । रेलमार्गले किसानसँग धेरै पैसा असुल गरेको कारण आर्थिक अवस्था कमजोर हुँदै गएको महसुस गरियो । मजदुरहरूले रेलमार्गको विरुद्ध धेरै हड्ताल गरे पनि सेनाले असफल बनायो । यसपछि किसानहरूले रेलमा लडाइँ गर्न समूहहरू बनाए ।

जुन पपुलिस्ट पार्टीका नामले चिनियो । उक्त पार्टीले विलियम जेनिग ब्रायनको नेतृत्वमा राष्ट्रपति पदसमेत जित्यो । जनवादीहरू आयकर व्यवस्था र सिनेटको प्रत्यक्ष निर्वाचन हुनुपर्ने जस्ता सुधारहरू चाहन्थे । सन् १८९६ पछि पपुलिस्ट पार्टीको अन्त्य भए पनि पपुलिस्टहरूले चाहेका धेरै सुधार प्रगतिशील युगमा भए ।

५.     प्रगतिशील तथा साम्राज्यवाद
१९औँ र २०औँ शताब्दीको उत्तराद्र्धमा अमेरिकाले विदेशी मामिलामा बढी सक्रियता देखायो । सन् १८९८ मा स्पेनसँगको युद्ध जितेपछि धेरै भूमि प्राप्त ग¥यो । उक्त समयमा संयुक्त राज्य र युरोपियन देशहरूले चीनसँग व्यापारको ढोका खोले । सन् १९०१ मा थियोडोर रुजबेल्ट राष्ट्रपति बने । उनले ल्याटिन अमेरिकामा नौसेनाको आकार ठूलो बनाउन एक विदेश नीति ल्याए । सन् १९०१ र १९३० को बीचमा संयुक्त राज्यले धेरै पटक सैनिकहरू ल्याटिन अमेरिकामा पठायो । 
रूजबेल्ट राष्ट्रपति हुँदा पानामा नहरमा काम सुरु भएको थियो । यो प्रशान्त महासागर र अट्लान्टिक महासागरबीच जोड्ने बिन्दु थियो । जसले विश्वको यात्रालाई दु्रत बनायो । 
सन् १९१२ मा एक प्रगतिशील व्यक्ति बुड्रो विल्सन राष्ट्रपति बने । उनले अमेरिका भित्रिने वस्तुमा ठूलो परिमाणमा व्यापार कर लगाए । उनले अमेरिकाको संविधान संशोधन गरी सङ्घीय आयकर र यूएसका सिनेटरहरूको प्रत्यक्ष चुनाव गर्न अनुमति दिए ।
६.     विश्वयुद्ध
अमेरिका पहिलो विश्व युद्धमा प्रवेश गर्न चाहँदैनथ्यो । ऊ त केवल दुवै पक्षलाई हतियार बेच्न चाहन्थ्यो । तर सन् १९१५ मा अमेरिकीहरू भएको एक जर्मन पनडुब्बी डुब्यो । यसले अमेरिकीहरूलाई आक्रोशित बनायो । त्यसपछि जर्मनीले यात्री जहाजहरूमा आक्रमण गर्न छोडे । सन् १९१७ जनवरीमा जर्मनीले उनीहरूमाथि फेरि आक्रमण गरेपछि अमेरिका–जर्मनी युद्ध भयो । एक वर्षपछि युद्ध सेलायो ।
पहिलो विश्वयुद्धको अन्त्यमा फ्लु महामारीले संयुक्त राज्य र युरोपमा लाखौँ मानिसहरूको ज्यान लियो । युद्धपछि अमेरिकाले हतियार लगायत अन्य युद्ध सामग्री बिक्री गरेर आफूलाई विश्वको धनी र शक्तिशाली राष्ट्रका रूपमा स्थापित ग¥यो । सन् १९२० को दशक अमेरिकाका लागि सम्पन्नताको युग सावित भयो ।

पहिलो विश्वयुद्धपछि अमेरिकाले विदेश मामिला सम्बन्धमा अलग वा पृथक् रहने नीति लियो । फेरि युद्धमा प्रवेश गर्न नचाहने अमेरिकाले युद्ध सदाका लागि अन्त्य गर्न केही कानुन र सन्धिहरू पारित ग¥यो । र आफ्नो हतियार बेच्न पनि अस्वीकार ग¥यो । सन् १९२१ मा वारेन जी हार्डिङ राष्ट्रपति बनेपछि अर्थ–व्यवस्थालाई राम्रो बनाउन सरकारी कर घटाइयो । नियमन सीमित गरेर ठूला व्यवसायलाई अनुकूल बनाइयो । फलस्वरूप अमेरिकाको अर्थ–व्यवस्था एकदम राम्रो हुँदै गएको थियो । सँगसँगै धनी–गरिबबीच सम्पत्तिको खाडल गहिरो भइरहेको थियो ।

दोस्रो विश्वयुद्ध सुरु हुँदा अमेरिकाले युद्धमा आफ्नो संलग्नता नहुने तथा तटस्थ रहने प्रष्ट्याएको थियो । यद्यपि अमेरिकाले शक्ति राष्ट्रहरू क्रमशः सोभियत सङ्घ, बेलायत र फ्रान्सलाई सहयोग पु¥याउने प्रयास गर्याे । यस युद्धमा पनि अमेरिकाले हतियार तथा अन्य युद्ध सामग्री बिक्रीलाई प्राथमिकतामै राख्यो । सन् १९४१, डिसेम्बर ७ मा जापानले अमेरिकाको हवाईस्थित पर्ल हार्बरलाई आक्रमण गरेपछि भने अमेरिकाले पनि जवाफमा जर्मनी, जापान र इटलीसँग युद्ध घोषणा ग¥यो । युद्धले धेरै रोजगार सिर्जना गरेका कारण अमेरिकामा महामन्दी पनि समाप्त भयो । अमेरिकाले जापानमा दुई आणविक बम खसाल्ने निर्णय गरेसँगै जापानले हार स्वीकार्याे र युद्ध अन्त्य भयो ।
७.     शीतयुद्ध
दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घ र अमेरिका विश्वका शक्तिशाली राष्ट्र बने । दुई देशबीच तनावको स्थिति थियो अर्थात शीतयुद्ध । दुवैले संसारका अरू देशलाई आआफ्नो पक्षमा ल्याउने कोसिस गरे । सोभियत सङ्घले अन्य देशहरूलाई कम्युनिस्ट बनाउने प्रयास गर्याे भने अमेरिकाले कम्युनिस्ट हुनबाट रोक्न खोज्थ्यो । प्रत्यक्ष कहिल्यै युद्ध नगरेका अमेरिका र सोभियत सङ्घले अप्रत्यक्ष रूपमा कोरियाली र भियतनाम युद्ध लडे ।

कोसँग बढी र उत्तम हतियार छन् भन्ने होडबाजी चल्यो । सोभियत सङ्घ आणविक बम बनाउने दोस्रो देशका रूपमा देखापर्नुले अमेरिका–सोभियत सङ्घबीच शीतयुद्धको अवस्था निम्तियो । सन् १९५७ मा सोभियतले स्पुतनिक नामक उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नुले पनि शीतयुद्ध बढायो । उपग्रह प्रक्षेपणपछि सोभियत सङ्घको रवैयाले अमेरिकालाई चिन्तित बनायो ।
अमेरिकाले शिक्षामा गणित र विज्ञान विषयमा बढी ध्यान केन्द्रित गर्याे । केही वर्षमै अमेरिका र सोभियत सङ्घ दुवैले उपग्रह प्रक्षेपण गरे । जनावर र मानिसलाई अन्तरिक्ष कक्षमा पठाए । सन् १९६९ को अपोलो ११ अभियानले निल आर्मस्ट्रङ र बज अल्ड्रिनलाई चन्द्रमामा पु¥यायो । सन् १९७० र १९८० को दशकमा अमेरिकाले चीनसँगको सम्बन्धलाई सामान्य बनायो । सोभियत सङ्घ टुक्रियो र अन्य देशहरूमा कम्युनिस्ट सरकारहरू ढलेपछि शीतयुद्ध अन्त्य भयो ।
सन् १९८० मा रोनाल्ड रेगन ४४ राज्यबाट विजयी भए । जिमी कार्टरलाई हराएका उनी अमेरिकाको राष्ट्रपति भए । मुद्रास्फीति र खराब अर्थतन्त्रको सामना गरिरहेको बेला उनले व्यवसायले सञ्चित नाफा बढाई पुनः लगानी गर्न सकून् भन्ने उद्देश्यले कर्पाेरेसनहरूको कर घटाए । उनले थप रोजगारी सिर्जना गर्दै अमेरिकी सेनालाई विस्तार गरे । उनको पहिलो कार्यकालमा अर्थिक वृद्धि ४.५ बाट ७.२ प्रतिशत पुग्यो । दोस्रो कार्यकालको दौरान रेगन शीतयुद्ध अन्त्य गर्न केन्द्रित भए । यद्यपि, केही खराब व्यवस्थापन शैलीले उनी विवादमा परे । समग्रमा रेगन अमेरिकाका सबैभन्दा लोकप्रिय राष्ट्रपतिमध्ये थिए ।
८.     २१औँ शताब्दी
सन् २००० मा जर्ज डब्ल्यु बुस राष्ट्रपति चुनिए । सन् २००१, सेप्टेम्बर ११ मा विश्व व्यापार केन्द्रमा आतङ्ककारी हमला भयो । यसबाट हजारौँको मृत्यु भयो । आक्रमणका योजनाकार ओसामा बिन लादेनमाथि शङ्का गरियो । यसलगत्तै अमेरिका र नाटो अफगानिस्तान गए । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण ग¥यो । अनि इराक–अफगानिस्तान युद्ध धेरै वर्षसम्म चल्यो । सन् २०११ सम्म अमेरिकी सैनिकहरूले इराक छोडेपछि त्यहाँ युद्ध बिराम भएको थियो । बुस कार्यकालको अन्त्यमा अमेरिका महामन्दीपछि अझ खराब मन्दीमा प्रवेश ग¥यो ।

सन् २००८ मा बराक ओबामा अमेरिकाका पहिलो अफ्रिकी–अमेरिकी राष्ट्रपति बने । उनको कार्यकालमा स्वास्थ्य र बैङ्किङ क्षेत्र सुधार भयो । मन्दीको समयमा अर्थव्यवस्थामा सुधार ल्याउन तथा बैङ्किङ र अटो उद्योगमा पर्ने व्यापक असर कम गर्न सरकारले धेरै पैसा प्रयोग ग¥यो । विदेश नीतितर्फ ओबामाले जलवायु परिवर्तनसँग लड्न प्रमुख विश्वव्यापी प्रतिबद्धताअन्तर्गत पेरिस जलवायु सम्झौता गरेका थिए । उनले इरान आणविक सम्झौता गरे र ५० वर्षमा पहिलो पटक क्युबासँग सम्बन्ध विस्तारको ढोका खोले ।
(क्रमश.....)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.