पत्रकार महासंघद्वारा राजधानीमा विरोध प्रदर्शन

काठमाडौं । पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्नेलगायतका समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो ।
पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले महासंघले प्रदर्शन गरेको छ । पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए ।
‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ, मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको खबरदारी सभा
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर