मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ:  सभापति देउवा

शुक्रबार, १९ असार २०७७, १५ : ४४
शुक्रबार, १९ असार २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताएका छन् ।  काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीका अवसरमा आज नेविसङ्घ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा  उनले नेविसङ्घको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिए । 

‘काठमाडौँमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्छ’ उनले भने । नेविसङ्घमा अहिले सङ्गठन निर्माणभन्दा पनि नेताहरुको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसङ्घले गाउँसम्म पुगेर सङ्गठन विस्तार गर्ने बताए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप