शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल सासा फर्मास्युटिकल्सद्वारा औषधि उत्पादन सुरु

शुक्रबार, १९ असार २०७७, १४ : ५६
शुक्रबार, १९ असार २०७७

रोयल सासा फर्मास्युटिकल्सले चितवनमा औषधि उत्पादन सुरु गरेको छ । पश्चिम चितवनको भूवन वस्तीमा स्थापित करिब ५० करोड रुपैयाँको लागतमा स्थापित कम्पनीले २४ प्रकारका औषधि उत्पादन गर्नेछ ।

रोयल सासाका कार्यकारी निर्देशक अर्जुन पौडेलका अनुसार कम्पनीले वार्षिक १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युब मलम, ६० लाख पुरिया जीवनजल र २५ लाख बोतल ड्राई सिरप उत्पादन गर्नेछ । कम्पनीले बिहीबारदेखि केही औषधिको परीक्षण उत्पादन सुरु गरेको छ । कम्पनीले एन्टिबायोटिक औषधिलाई उत्पानको मुख्य लक्ष्य राखेको छ । उत्पादनमा अत्याधुनिक प्रविधिको मेसिन जडान गरिएको छ ।

कम्पनीका अनुसार ६ महिनाको परीक्षणपछि व्यावसायिक उत्पादन सुरु गर्नेछ । कम्पनीले नाक कान घाँटी, मधुमेह, मुटु रोग, सुइजन्य र आँखा रोगका समेत औषधि उत्पादन गर्ने निर्देशक पौडेलले बताए। दुई वर्षभित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जीएपी प्रमाणीकरण पाउने गरी काम गर्ने पौडेलको दाबी छ । गुणस्तरलाई सबैभन्दा बढी लक्षित गरिएको प्राविधिक कन्सल्ट्यान्ट राजेन्द्र चौधरीले बताए ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप