शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली-प्रचण्डबीचको बालुवाटार बैठक सकारात्मक

शुक्रबार, १९ असार २०७७, १४ : ५२
शुक्रबार, १९ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएकाे वार्ता सकारात्मक दिशामा अघि बढेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ । 

‘छलफल सौहार्दपूर्ण र खुलेर, भयो', बैठकमा सहभागी स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

 पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए । 

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ । विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप