बिहारमा चट्याङ लागेर फेरि २२ जनाको मृत्यु
एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।
चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान सो कुराको जानकारी दिएको हो । हिजोदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्म यो संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।
भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म नै भारी वर्षा भइरहेको छ र यसै क्रममा चट्याङ परेको थियो ।
सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । –एएनआई
–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा
-
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश मेरिट सिस्टम विपरीत : अध्यक्ष रेग्मी
-
सत्तारुढ दलकै छैन साथ, अध्यादेश पास गराउने तयारीमा सरकार
-
जसपा नेपालको महाधिवेशनले कहिले पाउला मान्यता ?
-
आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन