
बालुवाटारमा बैठक, धुम्बाराईमा धर्ना

काठमाडौँ । पार्टीमा देखिएको आन्तरिक किचलो जटिल मोडमा पुगेपछि विवादलाई वार्ता र छलफलको माध्यमबाट समाधान गर्न नेपाल कम्युनिस्ट पार्टीका युवा नेताहरुले शीर्ष नेतृत्वलाई दबाब दिन सुरु गरेका छन् । पछिल्लो विवाद पार्टी विभाजनको तहसम्म पुग्ने आँकलन गर्न थालिएपछि युवा नेताहरुले पार्टी मुख्यालयमा धर्ना सुरु गरेका हुन् ।
विभिन्न प्लेकार्ड सहित विजय पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, रविन कोराल, दिलु पन्त, हिमाल शर्मा, कृष्ण केसीलगायत नेताहरु पार्टी मुख्यालयमा धर्नामा छन् ।
पारदर्शी वार्ता र संवादको माध्यमबाट पार्टी एकता बचाउनु पर्ने र पार्टीलाई विधि पद्दतिअनुसार अघि बढाउनुपर्ने उनीहरुको माग तथा सुझाव रहेको छ । एक बजेदेखि सुरु भएको धर्ना चार बजेसम्म चल्ने बताइएको छ ।
यता, दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बालुवाटारमा निर्णायक वार्ता जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ