शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारीमा गायब हुने जनस्वास्थ्य निरीक्षकलाई प्रदेश सरकारको सात दिने पत्र

भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने
शुक्रबार, १९ असार २०७७, १३ : ३८
शुक्रबार, १९ असार २०७७

बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को महामारीको अवस्थामा पनि अस्पतालहरुका नखट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कारवाही प्रकृया अघि वढाएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनमा गायब हुने कर्मचारीविरुद्ध मन्त्रालयले एक्सन जाने रणनीति अनुसार पाल्पा अस्पताल तानसेनमा कार्यरत जनस्वास्थ्य निरीक्षक छविराम गिरी अस्पतालमा नियमित हाजिर नभएपछि मन्त्रालयले स्पष्टिकरण माग गरेको हो ।  उनी फागुन २ गतेदेखि अहिलेसम्म अस्पतालमा हाजिर भएका छैनन ।

अस्पतालबाट बिदा स्वीकृत समेत नगराइ लामो समय सम्पर्कविहीन भएको अस्पताल प्रशासन भनाइ छ । मन्त्रालयले काटेको पत्रमा स्वास्थ्यकर्मीहरुलाई लकडाउनको समयमा समेत अनिवार्य उपस्थितका लागि स्वास्थ्य मन्त्रालयबाट पटक–पटक भएको निर्देशन समेतलाई निरीक्षक गिरीले वेवास्ता गर्दे आएको उल्लेख छ । मन्त्रालयले सात दिने अल्टीमेटमसहित स्पष्टीकरणको लागि अन्तिम मौका दिएको हो ।

पत्रमा भनिएको छ, ‘नेपाल स्वास्थ्य ऐन २०५३ को दफा ७४ वमोजिम भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवावाट हटाउनु नपर्ने वा वर्खास्त गर्नु नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र मन्त्रालयमा स्पष्टिकरणसहित उपस्थित हुनुहोला अन्यथा तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ तथा अन्य प्रचलित कानुन बमोजिक कारवाही गरिने व्यहोरा यस मन्त्रालयको मिति २०७७/०३/१८ को निर्णयानुसार अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप