क्वारेन्टिनमा नै छैन झुल र बत्ति
शुक्रबार, १९ असार २०७७, १३ : ३८
काठमाडौं । शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ विगत तीन दिनदेखि बिजुली बत्ति छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनुभएका रमेश अधिकारीले जानकारी दिए ।
विदेशबाट आएका पाँच सहित उपत्यका बाहिरबाट आएका पाँच जना गरी जम्मा १० जना सो क्वारेन्टिनमा रहदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको र पिसिआर परीक्षण गर्न माग गरे ।
उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दासमेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागेको गुनासो गरेका छन् । बत्ति नहुँदा सम्पर्कविहीन हुनुपरेको समस्या त छँदैछ तर विनापरीक्षण घर पठाउन लागेकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा