शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संगीतकार अर्जुन र दुर्गाले कसे लगनगाँठो

शुक्रबार, १९ असार २०७७, १२ : ५९
शुक्रबार, १९ असार २०७७

काठमाडौं – संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले शुक्रबार बिहान लगनगाँठो कसेका हुन् ।

कोरोनाका कारण सरकारले बनाएको नियम पालना गर्दै उनीहरुले सिमित आफन्त र परिवारजनको उपस्थितीमा विवाह गरेका हुन् ।

विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुबैले लामो समयको प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेका हुन् ।
 
‘बैशाखमा बिवाह गर्ने तयारी थियो । कोरोनाको कारण हुन सकेन’ अर्जुनले भने ‘आफन्तको बिमारी समस्याले पछि जानपनि उचित देखिए । त्यसैले अहिले बिवाह गरेका हांै ।’

अर्जुन चलचित्र तथा साधुनी संगीतका पछिल्लो समयका सफल संगीतिकार हुन् भने गायिका दुर्गा पनि गायनमा सफल तथा चर्चित रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप