होटल तथा उडान खोल्ने तयारीमा सरकार
लकडाउनका कारण बन्द रहेको होटल तथा एयरलाइन्स क्षेत्र खोल्ने तयारीमा सरकार जुटेको छ । संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले होटल र उडान खोल्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराइले सबै पर्यटकीय क्षेत्रलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल बनाएर जारी गरेको र त्यसलाई पछ्याउन भनिएको बताए । उनले भने, ‘अब विस्तारै होटल तथा उडान खोल्दै जानुपर्छ । उनीहरुलाई प्रोटोकल फलो गरेर खुला गर्न तयारी गर्नुस् भनेका छौँ ।’
चैत ११ गतेदेखिको लकडाउनका कारण यी क्षेत्रहरु बन्द छन् । नेपालमा झण्डै १० खर्ब लगानी रहेको भनिएको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।
अहिले मन्त्रालयमा दैनिक जसो होटल, ट्राभल लगायत अन्य पर्यटकीय व्यवसाय खोल्न दबाब आइरहेको पनि उनले भने । आजै मात्र यी व्यवसाय कसरी खुला गर्ने भन्ने विषयमा मन्त्रीसँग व्यवसायीहरुले छलफल गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डेब्यू’ खेलमै आलोचनाको शिकार बनेका युवा बलर मफाकालाई ब्राभो र पोलार्डको सान्त्वना
-
भारतले दियो बिजुली आयातको अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
लक्ष्मी गुरुङलाई इलाम–२ मा उम्मेदवार बनाउने राप्रपाको निर्णय
-
रास्वपाले उम्मेदवार आज टुङ्ग्याउने, ६ जना आकांक्षीसँग वनस्थलीमा छलफल
-
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
-
अरू पार्टीको मत आ–आफ्ना पोल्टामा जाँदा एमाले कि कांग्रेसलाई फाइदा ?