सहमति खोज्न मन्त्री क्वार्टरमा दोस्रो तहका नेताहरुको वार्ता
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरु पनि सहमति जुटाउन दौडधुपमा लागेका छन् ।
शुक्रबार बिहान उपाय निकाल्न दोस्रो तहका पूर्व एमाले र पूर्व माओवादी केन्द्रतर्फका केही नेताहरु मन्त्री क्वाटर पुल्चोकमा भेटवार्ता गरे ।
कृषिमन्त्री घनश्याम भुषालको क्वाटरमा पर्यटनमनत्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन,नेताहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे तथा मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल र विष्णु रिमालबीच छलफल भएको थियो ।
उक्त छलफलमा ओलीको राजीनामा कुनै हालतमा निकास नभएको भन्दै ओली पक्षधरले अन्य विषयमा सहमति खोज्नुपर्ने अडान राखेका थिए । श्रोतका अनुसार ओलीपक्षका नेताहरुले राजीनामा सम्भव नै नभएको बताएका थिए भने अर्को पक्षले राजीनामाको विकल्प नभएको अडान राखेका थिए । बैठकबाट कुनै निष्कर्ष ननस्किएपछि दुवै पक्ष आ–आफ्नो बाटो लागेका थिए ।
‘सहमतिमा आउने लक्षण नै नभएपछि र अडान नछोड्ने हो भने वार्ताको कुनै अर्थ छैन भनेर हामी सबै उठ्यौँ,’ सहभागी एक मन्त्रीले व्यङ्ग्य गर्दै भने, ‘घनश्यामको क्वार्टरको वार्ता अर्थ न वर्थ ।’