गुल्मीमा पहिरो, २ जनाको मृत्यु
गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले जानकारी दिए । पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले आज बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए । ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो । आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको थियो ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीयवासी रामबहादुर केसीले बताए । पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन् । गए राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ ।
पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)