शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो पक्षमा अभियान चर्काउन ओलीको निर्देशन

शुक्रबार, १९ असार २०७७, १२ : २४
शुक्रबार, १९ असार २०७७

काठमाडौं । पार्टीमा देखा परेको संकट समाधानबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आन्तरिक छलफललाई जारी राखेका छन् । त्यसक्रममा उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठनका कार्यकर्ताहरुसँग बालुवाटारमा छलफल गरेका छन् ।

बिहीबार राति ओलीले युवासंघ नेपाल र अखिलका अध्यक्षलगायतका केही युवा विद्यार्थी नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा सांसद महेश बस्नेतदेखि रमेशकुमार पौडेल तथा अखिलका ऐनसिंह महरसमेत सहभागी थिए । त्यसक्रममा ओलीले अहिले पार्टी तथा सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले आफ्नो पक्षमा अभियान चलाउन निर्देशनसमेत दिएका थिए । त्यस्तै सामाजिक सञ्जालहरुमा समेत आफ्नो आलोचनाको प्रतिवाद गर्न आफू निकटकाहरुलाई ओलीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । 

ओलीसँगको बिहीबार भएको भेटबारे अखिलका संयोजक ऐनसिंह महरले पुष्टि गरे । तर त्यस्तो निर्देशन केही नभएको उनको दावी छ । भेटमा आफुहरुले प्रधानमन्त्रीलाई पार्टी मिलाएर लैजान सुझाव दिएको महरले रातोपाटीलाई बताए  ।

‘पार्टी मिलाएर लानुस्,दह्रो खुट्टा टेक्नुहोस् । नेताहरुलाई सम्झाउनुपर्छ भने सम्झाउनुस् भनेर सुझाव दियौँ,’ महरले युवा विद्यार्थीका तर्फबाट दिएको सुझावबारे बताए । युवा विधार्थीको कुरा सुनेर ओलीले सुझाव ठीक भएको भन्दै आफु पनि त्यसैमा लागि रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप