मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता सुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी

शुक्रबार, १९ असार २०७७, १२ : १३
शुक्रबार, १९ असार २०७७

काठमाडौं । आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच केही समयअघिबाट निर्णायक वार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् ।

‘सहमतिको विकल्प पनि छैन । आजको सम्बादले एउटा दिशा पक्रेला’, बालुवाटार निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘हामी सबैले संवादबाटै अघि बढ्नुपर्छ,पार्टी फुट्न दिनुहुदैन भनेका छौ । यसमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि कन्भिन्स हुनुहुन्छ भन्ने हामीले बुुझेका छौँ । अर्का अध्यक्ष पनि यस विषयमा गम्भीर हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो । स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अनत्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप