बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता
शुक्रबार, १९ असार २०७७, १२ : १०
बुटवल – पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ ।
हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी स्थानीयले बताएका छन् ।
पहिरोसँगै बास बसेका मुसिकोट नगरपालिका–२ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले र सडक अवरुद्ध हुदाँ उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला