शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शरीरको फोहोर रगत सफा गर्ने ५ पेयपदार्थ

शुक्रबार, १९ असार २०७७, ११ : ३५
शुक्रबार, १९ असार २०७७

एजेन्सी – रगतद्वारा हाम्रो शरीरको पूरै प्रणाली सञ्चालन हुन्छ । शुद्ध रगत नै हाम्रो जीवनको आधार हो । रगतले नै हाम्रो शरीरको हरेक अंगमा अक्सिजन र पोषक तत्त्व सञ्चार गर्ने काम गर्छ । शरीरमा हर्मोनहरु पनि रगतबाट नै उत्पादन हुने गर्छ । त्यसैले शरीरमा भएको रगतमा कुनै खराबी वा समस्या आएमा पूरै शरीरलाई असर पर्न जान्छ । 

प्रायः हामीले खाने खानेकुरामा यस्ता थुप्रै तत्त्वहरु पाइन्छन् जसले शरीरलाई नोक्सान पुर्याइरहेको हुन्छ । कुनै कुनै तत्त्वहरु हाम्रो शरीरका लागि अनावश्यक हुन्छ । त्यस्ता तत्त्वहरुलाई टोक्सिन्स भन्ने गरिन्छ । समय समयमा टोक्सिनलाई शरीरबाट निकाल्नको लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ । 

शरीरमा भएको रगतलाई शुद्ध बनाउनको लागि खानेकुरामा केही पदार्थहरु सामेल गर्नुपर्छ । 

साग/सब्जी
वैज्ञानिक प्रयोगपछि केही साग तथा सब्जीहरुले रगत सफा गर्नको लागि उपयोगी हुने पत्ता लागेको छ । पालक, चुकन्दर, लसुन, अदुवा, ब्रोकाउली, हरिया सागसब्जीहरु रगत सफा गर्नको लािग मद्दतगार मानिन्छ । यी सब्जीहरु उमालेर पिस्ने र लेदो बनाउने र आधा गिलास पानी हालेर खाने गर्नुपर्छ । यसको स्वाद  मन नपरे यसमा कालो नुन वा कागतीको रस मिसाएर खाने गर्दा रगत सफा हुन्छ । यो कार्य हप्तामा दुईपटक गर्ने गर्नुपर्छ । 

धनियाँ र पुदिना 
धनियाँ र पुदिना स्वास्थ्यका लागि निकै गुणकारी मानिन्छ । धनियाँ रगत सफा गर्नको निकै महत्त्वपूर्ण मानिन्छ भने पुदिना पेटसम्बन्धी हरेक समस्याका लागि फाइदाजनक मानिन्छ । रगत सफा गर्नको लागि धनियाँ र पुदिनाको पात मिसाएर चिया बनाएर पिउँनुपर्छ । एक गिलास पानीमा केही धनियाँ  र पुदिनाको पातहरु राखेर १० मिनेटसम्म उमाल्ने र छानेर मनतातो पानी बिहान बिहान पिउने गर्दा निकै फाइदाजनक हुन्छ । 

तुलसीको पात 
तुलसीको पातले प्राकृतिक रुपमा डिटोक्सको काम गर्ने गर्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल र एन्टि भाइरल गुण समेत हुन्छ । यदि हरेक दिन ८ देखि १० वटा पात चपाउने गर्दा रगतमा भएको फोहोर सफा हुन्छ । यसका  साथै हरेक बिहान चियामा तुलसीको पात हालेर पिउँने गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन । एक गिलास पानीमा १० देखि १५ तुलसीको पात हाल्ने र १० मिनेटसम्म पकाउने र त्यो पानीलाई छानेर चियाको रुपमा पिउने गर्दा रगत सफा हुन्छ । 

कागती
कागती भिटामिन सीको प्रमुख स्रोत हो । यसमा एसिडिक गुण पाइन्छ जसले रगतमा भएको फोहोर पदार्थ सफा गर्छ । प्राकृतिक रुपमा औषधिय गुणले भरिपूर्ण कागती पानी हरेक दिन एक गिलास पिउने हो भने यसले रगत सफा गर्न निकै मद्दत गर्छ । जसले रगतमा भएको फोहोर टोक्सिन दिशामार्फत बाहिर निकाल्छ । यसले रगत सफा गर्नुका साथै भिटामिन सी पनि शरीरलाई प्रदान गर्न भने शरीरको तौल पनि घटाउन मद्दत गर्छ । 

अदुवा र गुड 
गुड र अदुवाका थुप्रै फाइदाहरु छन् । गुडले पेट सफा गर्छ । राति खानापछि गुड पानी खाँदा खाना पचाउँन मद्दत गर्छ । गुडले शरीरमा भएको टोक्सिन बाहिर निकाल्छ । रगत सफा गर्नको लागि अदुवा र गुड मिलाएर चिया बनाएर पिउने गर्नुपर्छ । यसको लागि एक अदुवा पिसेर गुडमा मिसाउने र ५ देखि ६ मिनेटसम्म पकाउने यसले चिसो लागेको पनि निको गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप