बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चेक बाउन्स गरेर फरार दुईजना सिआइबीको फन्दामा

शुक्रबार, १९ असार २०७७, ११ : ३४
शुक्रबार, १९ असार २०७७

चेक बाउन्स गरेर फरार भएका दुई जनालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । भक्तपुर ठिमीका ४१ वर्षीय राम ज्यापु र बूढानिलकण्ठ पैयुटारका ४४ वर्षीय प्रकाश बुढाथोकीलाई प्रक्राउ गरि सिआइबिले केन्द्रिय कारागार सुन्धारा पठाएको हो ।

बैकिङ कसुरमा रामज्यापुलाई २०७६  भदौ २ गते उच्च अदालत पाटनले  ११ लाख ५० हजार जरिवाना र ३ दिन कैद सजाय हुने ठहर गरेको थियो । यता प्रकाश बुढाथोकीलाई २०७६ माघ २४ गते १० लाख ५० हजार जरिवाना र सात दिन कैद सजाय हुने ठहर गरेको थियो ।

उनीहरु सजाय नभोगी फरार भएपछि सिआइबीले उनीहरुको खोजी गरिरहेको थियो । उनीहरुले आफ्नो खातामा रकम नभएपनि जानी जानी भुक्तानीका लागि चेक काटेर दिएको सिआइबीले जनाएको छ । खातामा रकम नभएपछि राम ज्यापुलाई इन्द्र कट्टेलले चेक बाउन्सको जाहेरी दिएका थिए भने प्रकाश बुढाथोकीलाई निरणसिंह लामाले चेक बाउन्सको जाहेरी दिएपछि उनीहरुलाई चेक बाउन्सको मुद्दामा अदालतले जरिवाना र सजाय तोकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप