युवकको शङ्कास्पद मृत्यु
शुक्रबार, १९ असार २०७७, ०९ : ४२
चितवन – पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो । उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ ।
खनालको मृत्यु शङ्कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा