बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई हटाउन पाइँदैन भन्दै पोखरामा प्रदर्शन, भारतले चलखेल गरेको आरोप

शुक्रबार, १९ असार २०७७, ०९ : ३७
शुक्रबार, १९ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै पोखराको मानअधिकार चोकमा सडकजाम गरेर उनका समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा प्रचण्डप्रति लक्षित गर्दै भारतीय दलाल मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए । उनीहरुले धरै समय भने ‘आजलाई होइन, भोली पाँच बर्ष ओलीलाई ’ भन्ने नारा लगाएका थिए । आन्दोलनमा युवा र विद्यार्थी संगठनका कार्यकर्ताहरुको उपस्थिति बढी देखिएको थियो ।

आयोजकले कार्यक्रममा ठुलो संख्यामा उपस्थित हुने अपेक्षा गरेको भए पनि आन्दोलनमा भने करिव पचास जनाको संख्यामा मात्र सहभागिता रहेको थियो । आन्दोलन चिप्लेढुङ्गाबाट नाराजुसुलसहित सुरु भएर मानब अधिकारचोकमा पुगि कार्यक्रम समापन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप