अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन

रौतहट – कृषि सामग्री कम्पनी शाख चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको गुनासो आएपछि स्थानीय प्रशासनले उक्त निर्देशन दिएको हो ।
जिल्ला आपूर्ति समितिको निर्णय अनुसार हाल चन्द्रपुर शाखामा मौज्दात रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल दामासाही अनुसार जिल्लाको १८ वटै पालिकालाई उपलब्ध गराउन निर्देशन दिएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए ।
प्रत्येक पालिकाले सहजरूपमा प्राप्त गर्ने अनुदानको मलखाद वास्तविक किसानले पाउने सिडियो घिमिरेले बिश्वास व्यक्त गरेका छन् ।
यसअघि जिल्लाको १ सय २७ वटा सहकारीमार्फत कम्पनीले बितरण गरेको युरिया,डिएपी र पोटास किसानको सट्टा ब्यापारिले हात पार्ने गरेका थिए ।
कृषि सामग्री कम्पनी चन्द्रपुर शाखाका प्रमुख रबि केसरी र केही ब्यापारीको सेटिंगमा एकजनाले आठ दस वटा सहकारीको कागजात पेसगरी मलखाद लिने गरेका थिए ।
किसानको नाउमा आउने मलखाद दररेट भन्दाप्रति बोरामा चारसय देखि ५ सय रुपैयाँ किसानले बढी तिर्दै आएको फतुवा बिजयपुरका एकजना किसान अच्युत मैनालीले गुनासो गरेका छन् ।
कृषि सामग्री चन्द्रपुर र बिरगंज बाट रौतहटको कुन कुन सहकारीले यश आर्थिक बर्षमा कति मलखाद लियो र कुन किसानलाई सहुलियत दरमा दियो स्थानीय प्रशासनले लेखाजोखा लिएमा मलखादका माफिया पक्राउ हुने किसानले बिश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)