चर्चित कोरियोग्राफर सरोज खानको निधन
भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार* अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी ७१ वर्षकी थिइन् ।
स्रोतका अनुसार सरोज खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ ।
सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो ।
उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् ।
सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् । स्मरण रहोस्, सरोजले केही फिल्ममा लेखकको रुपमा पनि काम गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण