बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाकै कारण बढ्दै बालविवाह

शुक्रबार, १९ असार २०७७, ०६ : ५१
शुक्रबार, १९ असार २०७७

काठमाडौं –  कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।

लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।

यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाँै किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पु¥याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ ।

यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप