बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकाद्वारा ईरानी विमानमा हमला, २ सय ९० सर्वसाधारणको मृत्यु

आज ३ जुलाईमा संसारमा भएका केही महत्त्वपूर्ण घटनाहरु
शुक्रबार, १९ असार २०७७, ०६ : ४९
शुक्रबार, १९ असार २०७७

अमेरिका र इरानबीचको दुश्मनी कुनै नौलो र अज्ञात कुरा हैन । यी दुई देशबीच विगत लामो समयदेखि कट्टर दुश्मनी रहँदै आएको छ । खासगरी, सन् १९७९ मा इश्लामिक गणतान्त्रिक क्रान्तिमार्फत्  अमेरिका समर्थित इरानका राजा शाहको तख्ता पलट भएपछि नै इरान–अमेरिकाबीचको दुश्मनी तीब्र रुपमा रहँदै आएको छ ।

इरान–अमेरिकाबीचको त्यो दुश्मनीकै नतिजा, आजकै दिन इतिहासमा २ सय ९० जना सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको थियो ।

घटना जुलाई ३, सन् १९८८ को हो । उक्त दिन  पर्सियन खाडीमा अमेरिकी नेभी क्रुजर भिन्सेंनेसले एसएम २ एमआर सर्फेस टु एयर मिसाइल प्रहार गर्दा ईरानी यात्रुवाहक विमान दुर्घटना भयो, जसकारण विमानमा सवार २ सय ९० जना निर्दोष सर्वसाधारणले ज्यान गुमाउनुप¥यो । ईरान एयर फ्लाइट ६ सय ५५ नामक यो विमान तेहरानबाट बन्दर अब्बास हुँदै दुबईतर्फ गइरहेको थियो । आठ वर्षदेखि जारी ईरान–इराक युद्धको अन्त्यतिर ईरानकै समून्द्री क्षेत्रमा यो दुर्घटना निम्तियो ।

कुवेतको तेल ट्यांकर रक्षार्थ भनेर अमेरिकाले गल्फ क्षेत्रमा भिन्सेंनेस परिचालन गरेको थियो । विमानमाथि यस जहाजबाट हमला हुनअघि ईरान–अमेरिकाबीच केही तनावपूर्ण अवस्था सिर्जना भएको थियो । हतियारसहितको ईरानी पानीजहाजले आफ्नो सीमा क्षेत्रमा घुसेको अमेरिकी हेलिकोप्टरलाई तत्काल बाहिर निस्कन वा आक्रमण सामना गर्न चेतावनी दिएको थियो । यस्तो चेतावनीपछि अमेरिका सतर्क भएर बसेको थियो ।  अमेरिकी दाबीअनुसार भिन्सेंनेसका सदस्यहरु गल्तीवस हमला गर्न पुगेका थिए । उनीहरुका अनुसार भिन्सेंनेसले आफुतर्फ आइरहेको विमानबारे बुझ्नका लागि मिलिटरी र सिभिलियन फ्रिक्वेन्सीमा १० पटक सम्पर्कको प्रयास गरेपनि कुनै प्रतिक्रिया आएन, त्यसपछि फाइटर प्लेन ठानेर आत्मरक्षाका लागि मिसाइल प्रहार गरियो ।

यता ईरानले यसलाई ‘बर्बरतापूर्वक गरिएको सामुहिक हत्या’ भन्यो । उसले अमेरिकी जलसेनाले गैरजिम्मेवार भएर यस्तो कदम चालेको आरोप लगायो ।

घटनापछि अमेरिकामा सरकारको चर्को आलोचना भयो, विश्लेषकहरुले तनावपूर्ण र  जोखिमपूर्ण अवस्थामा भिन्सेंनेसका क्याप्ेटन विलियम सी रोजर्स तेस्रोले आक्रमक व्यवहार देखाउँदा दुर्घटना निम्तिएको आरोप लगाए । यस घटनाको केही दिनभित्रै गम्भीर क्षमा माग्दै अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले इरानी सरकारका नाममा कुटनीतिक पत्र जारी गरे । १९९६ मा आक्रमणमा मारिएका ईरानी सर्वसाधारणको परिवारका लागि क्षतिपुर्ति स्वरुप ६२ मिलियन डलर तिर्न अमेरिका सहमत भयो ।

आजकै दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाहरु यस प्रकार छन् :

१६६१–पोर्तुगलले तान्जिर र बम्बे बेलायती राजा चाल्र्स द्वितीयलाई पैदान

१७५४– जर्ज वाशिंगटनद्वारा सात वर्षे युद्धको दौरानमा फ्रान्ससमक्ष आत्मसमर्पण

१७६७– नर्वेका सबैभन्दा पुरानो अखबार ब्मचभककभबखष्कभल को स्थापना । सोही दिन उक्त अखबारको पहिलो अंक प्रकाशित ।

१७७८– पर्सियाद्धारा अर्जेन्टिनाविरुद्ध युद्धको घोषणा ।

१७७८– बेलायती सेनाद्वारा वोमिङ, मासाच्यूसेट्समा २६० जना महिला, पुरुष र बालबच्चाहरुको नरसंहार

१८१९– अमेरिकामा पहिलो बचत बैंकको स्थापना । न्यूयोर्कमा बैंक अफ सेभिङ्स सञ्चालनमा आयो ।

१८३९– अमेरिकामा पहिलो राज्य सञ्चालित स्कुलको स्थापना । ३ जना विद्यार्थीहरु ।

१९०८– भारतीय राष्ट्रवादी नेता मुजफ्फरपुरमा बम विस्फोट गराएको आरोपमा बेलायतीहरुद्वारा गिरफ्तार

१९३९– जर्मन वैज्ञानिक अर्नेष्ट हेनकेलद्वारा ८०० किलोमिटर प्रति घण्टाको रकेट प्लेनको हिटलरसामु प्रदर्शन ।

१९६२– हलिउडका प्रसिद्ध अभिनेता टम क्रुजको जन्म ।

१९६२– अल्जेरियामा फ्रान्सको शासनको अन्त्यसँगै त्यहाँको क्रान्ति समाप्त भएको घोषणा । ( ५ जुलाईमा अल्जेरियाले औपचारिक रुपमा स्वतन्त्रता प्राप्त गरेको थियो ।)

१९६९– प्रक्षेपण गरिएलगत्तै सोभियतसंघको एन१ रकेट विस्फोट । यो नै मानव निर्मित गैर आणविक वस्तुको सबैभन्दा ठूलो विस्फोटन थियो । त्यस विस्फोटनका अवशेषहरु १० किलोमिटर परसम्म फैलिएको थियो ।

१९७०– बार्सिलोनामा बेलायती प्लेन दुर्घटनाग्रस्त । ११२ जनाको मृत्यु ।

१९७४– सोभियत अन्तरिक्ष यान सोयुज १४ ले २ जना अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष स्टेशन साल्युट ३ मा ल्याए ।

१९८९–अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनका लागि राज्यले आर्थिक सहयोग उपलब्ध गराउनु नपर्ने फैसला ।

१९८९– हलिउडको फिल्म ब्याटम्यानले १० दिनमा १०० मिलियन अमेरिकी डलर कमाएर रेकर्ड कायम ।

२००४– व्याङ्ककको सववे सिस्टमको औपचारिक उद्घाटन ।

२००५– स्पेनमा राष्ट्रिय कानूनद्वारा समान लिंगीबीचको विवाहलाई कानूनी मान्यता ।

२००६– २००४ एक्सपी१४ नाम गरेको छुद्रग्रह पृथ्वीको ४,३२,३०८ किलोमिटर नजिक भएर गयो ।

२०१४– जर्मनले राष्ट्रव्यापी न्यूतम ज्याला ८.५ युरो तोक्यो ।

२०१७– फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनद्वारा प्यालेस अफ भर्साइलीमा सम्बोधन गर्दै सरकारमा आमूल परिवर्तनको घोषणा, मन्त्रीहरु कटौतीको प्रस्ताव ।

२०१८– मलेशियाका पूर्व प्रधानमनत्री नाजिम रज्जाक भ्रष्टाचारको आरोपमा पक्राउन । उनीमाथि ७०० मिलियन हिनामिना गरेको आरोप ।

२०१९– भारतको बम्बई तथा महाराष्ट्रमा भएको भारी वर्षामा कम्तिमा ४३ को मृत्यु । दशककै सबैभन्दा खराब बाढी ।

२०१९– १ हजार एमएम वर्षापछि सम्भाव्य पहिरोको आशंकमा जापानी टापु क्युसुबाट १० लाखभन्दा बढी मानिसहरुको उद्दार ।

२०१९– प्रतिव्यक्तिको हिसाबले संसारभरि नै सबैभन्दा फोहोर निस्काशन गर्ने राष्ट्रको रुपमा अमेरिका रहेको एक अध्ययनबाट खुलासा । फोहोरहरुको सबैभन्दा बढी (६८ प्रतिशत) पुनप्रयोग गर्ने राष्ट्र जर्मनी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप