बलात्कार मुद्दामा बयान फेर्दा...
काठमाडौं – बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन् ।
सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीमा बलात्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कैद सजाय सुनाएको हो ।
घटनास्थलमा गएको अवस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटेलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए । आरोपित युवकले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ