मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो हुनेछ आज तपाईंको दिन

शुक्रबार, १९ असार २०७७, ०६ : १८
शुक्रबार, १९ असार २०७७

वि.सं.२०७७ साल आषाढ १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– त्रयोदशी,१८ घडी ५३ पला,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,४८ घडी ०१ पला,रातको १२ बजेर २६ मिनेट उप्रान्त मूल । योग– शुभ,०३ घडी ०८ पला,बिहान ०६ बजेर २९ मिनेट उप्रान्त शुक्ल,रातको ०४ बजेर ०७ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–बृश्चिक,रातको १२ बजेर २६ मिनेट उप्रान्त धनु । 

 

काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २९ पला ।
 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । अध्ययनमा प्रविधिको प्रयोग गर्ने वाताबरण नहुँदा पछि परिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकी आज आउने फैसला तपार्ईँको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिशेष गरी हाईड्रोपावर,पानि तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । 


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप